दफा
सभाको गठन –
(१) प्रतिष्ठानको सर्वोच्च निकायको रुपमा एउटा सभा रहनेछ ।
(२) सभाको गठन देहाय बमोजिम हुनेछ :
(क) सहकुलपति – अध्यक्ष
(ख) उपकुलपति – सदस्य
(ग) सदस्य, राष्ट्रिय योजना आयोग (स्वास्थ्य हेर्ने) – सदस्य
(घ) चिकित्सा सम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्ने
विश्वविद्यालय वा प्रतिष्ठानका उपकुलपतिहरुमध्येबाट सभाले
मनोनीत गरेको दुईजना – सदस्य
(ङ) सचिव, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय – सदस्य
(च)   सचिव, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय      – सदस्य
(छ) सचिव, अर्थ मन्त्रालय – सदस्य
(ज) अध्यक्ष, विश्वविद्यालय अनुदान आयोग – सदस्य
(झ) अध्यक्ष, नेपाल मेडिकल काउन्सिल – सदस्य
(ञ) अध्यक्ष, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् – सदस्य
(ट) शिक्षाध्यक्ष – सदस्य
(ठ) डीन – सदस्य
(ड) प्रमुख, काठमाडौँ महानगरपालिका – सदस्य
(ढ) प्रतिष्ठानसँग सम्झौता गरेका अस्पतालका निर्देशक वा मेडिकल सुपरिटेण्डेण्टहरुमध्येबाट नेपाल सरकारले मनोनीत गरेको दुईजना – सदस्य
(ण) डीन, त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान – सदस्य
(त) स्वास्थ्य क्षेत्रका वैज्ञानिकहरूमध्येबाट प्राज्ञिक परिषद्को सिफारिसमा सभाले मनोनीत गरेको एकजना – सदस्य
(थ) शिक्षकहरूमध्येबाट प्राज्ञिक परिषद्को सिफारिसमा सभाले मनोनीत गरेको दुईजना – सदस्य
(द) प्रतिष्ठान अन्तर्गत सञ्चालित नर्सिङ सम्बन्धी संस्थाको प्रमुख – सदस्य
(ध) लब्धप्रतिष्ठित विद्वान् तथा समाजसेवीहरुमध्येबाट महिला समेतको प्रतिनिधित्व हुने गरी नेपाल सरकारले मनोनीत गरेको दुईजना – सदस्य
(न) रजिष्ट्रार – सदस्य– सचिव
(३) उपदफा (२) बमोजिम मनोनीत सदस्यहरुको पदावधि तीन वर्षको हुनेछ ।
(४) सभाले चाहेमा चिकित्सा विज्ञानको क्षेत्रमा अध्ययन तथा अनुसन्धान कार्यमा संलग्न व्यक्तिलाई सभाको बैठकमा पर्यवेक्षकको रुपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
(५) सभाको बैठक सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।